पोखरा–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी आवगमन बन्द

पाेखरा | मंसिर २, २०८२

पोखरा–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी आवगमन बन्द तस्बिर फाइल

पोखरा: पोखरा–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी आवागमन बन्द भएको छ । 


मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले एक सूचना जारी गर्दै विजयपुर खोलामा निर्माणाधीन पुलमा ‘गर्डर लन्चिङ’ गर्नुपर्ने भएकाले आज (मंगलबार)देखि मंसिर ११ गतेसम्म सडक बन्द गर्न सुरु गरिएको जनाएको छ ।


उक्त अवधिमा हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म पोखरा–विजयपुर खण्डमा सवारी साधन सञ्चालनमा पूर्णरआंशिक रोक लगाइनेछ ।आयोजनाका अनुसार एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन २ लेनको प्रिस्ट्रेस कंक्रिट पुलमा गर्डर राख्ने तयारी भएको छ । 


यो काम अति संवेदनशील भएकाले सुरक्षालाई ध्यानमा राख्दै रातको समयमा गर्न नसकिने हुँदा दिउँसोमा सवारी आवागमन रोकेर काम गर्नुपर्ने बाध्यता रहेको पश्चिम खण्डले जारी गरेको सूचनामा उल्लेख छ ।


सडक बन्द हुँदा यात्रुलाई पर्न जाने असुविधालाई मध्यनजर गर्दै वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । जसअनुसार दुईपाङ्ग्रे तथा साना सवारीसाधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै फर्कने व्यवस्था मिलाइएको छ । 


ठूला तथा मालबाहक सवारीसाधनका लागि पावरहाउसचोकदेखि भौमारा हुँदै बिरौटा निस्कने र सोही मार्ग हुँदै फर्कने वैकल्पिक रुट तोकिएको छ ।


साथै आयोजनाले तोकिएको समयमा ट्राफिक व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अनुरोध गरेको छ । 

पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ ।   वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने  सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

थप पढ्नुहोस्

पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

थप पढ्नुहोस्

पोखरा ।   ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा रामघाट च्याम्पियन बनेको छ ।   पोखरा २९ भण्ढारढिक खेलमैदानमा भएको फाइनल खेलमा मिक्की ...

थप पढ्नुहोस्